हिमालयन ८०–२० को मूल्य समायोजन

Sep 22, 2026 06:24 AM Merolagani



असोज ६ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० (H8020) को मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ। नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा फण्डको शेयरमूल्य समायोजन गरेको हो। गत शुक्रबार फण्डको इकाई प्रतिकित्ता १२ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा फण्डको इकाई कारोबार खुल्नेछ।