मुग्लिन–नारायणगढ सडक पहिरोका कारण अवरुद्ध

Sep 27, 2026 09:01 AM Merolagani



अविरल वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खोला पुल माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।

आज बिहान ७ः५५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको छ भने पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ।

 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।