बाढीका कारण सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन तथा प्रसारण ठप्प

Sep 28, 2026 10:19 AM Merolagani



बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण कार्य बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।  

आयोजनाको प्रवर्द्धक कम्पनी सयपत्री हाइड्रोपावर लिमिटेड (SPHL) ले असोज ९ गते शुक्रबार दरम खोलामा आएको बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुर्‍याएको जानकारी दिएको छ।

बाढीले संरचनामा क्षति पुर्‍याएपछि असोज ९ गते राति ११ बजेदेखि आयोजनाको विद्युत उत्पादन र प्रसारण पूर्ण रूपमा बन्द रहेको कम्पनीले बताएकाे छ।

बाढीका कारण विद्युत सेवा अवरुद्ध हुनुका साथै असोज १० गते बेलुकी ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका सञ्चार माध्यमका टावरहरू समेत ठप्प भएका छन्। नेपाल टेलिकम तथा अन्य सञ्चार सेवा अवरुद्ध हुँदा आयोजनास्थलमा रहेका कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ। 

सञ्चार सम्पर्क टुटेका कारण आयोजनास्थलमा भएको कुल थप भौतिक क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको कम्पनीले नेप्सेलाइ बुझाएकाे पत्रमा उल्लेख छ। कम्पनीका अनुसार कर्मचारीहरूसँग सम्पर्क स्थापित हुनासाथ वास्तविक वस्तुस्थिति र क्षतिको पूर्ण विवरण पुनः सार्वजनिक गरिने कम्पनीकाे भनाइ छ। 

३३ केभी प्रसारण लाइन लगायत अन्य भौतिक संरचनाहरूमा क्षति पुगेको भए पनि आयोजनाको चालु अवस्थामा रहेको बीमा व्यवस्था अन्तर्गत सम्पूर्ण संरचनाहरू बीमित रहेको कम्पनीले स्पष्ट पारेको छ। क्षति आकलन भइसकेपछि बिमा दाबीको प्रक्रिया अघि बढाइने साे पत्रमा उल्लेख छ।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।