सामाजिक सञ्जालमार्फत पोखरेलले लेखेका छन्- 'बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो हाम्रो संविधान,लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो। यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ।'