सुनचाँदीको मूल्य बढ्यो

Sep 30, 2026 10:58 AM Merolagani



असोज १४ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुइ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।