नेप्से र कारोबार रकम दुबै घट्यो

Oct 02, 2026 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार करिब स्थिर रहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड १९ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। यस दिन २६ करोड ५३ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन साढे १५ करोड रुपैयाँबराबरको रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सबैभन्दा बढी ०.७३ प्रतिशत घटेको छ।

 



आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।