सोमबार नेप्से परिसूचक १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५७ स्टकको ५८ हजार ५०० पटकको कारोबारमा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य यस दिन सर्वाधिक १२.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत बढेको छ भने ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर, २०९३ को मूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १०.५८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यर दिन ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।