जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

Oct 04, 2026 08:29 AM RSS



जुम्लामा पछिल्लो समयमा उद्योग खारेजी गर्नेको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा खारेजीतर्फ १८०, दर्तातर्फ १८८ र नवीकरणतर्फ ३३४ वटा उद्योग भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद न्यौपानेले जानकारी दिए ।

यसैगरी वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता भएका छन् । नवीकरणतर्फ ५८ र खारेजी ५२ वटा उद्योग भएका छन् । उक्त आवमा विभिन्न शीर्षकअन्तर्गत करिब १६ लाख २५ हजार राजस्व संकलन भएको प्रमुख न्यौपानेको भनाइ छ ।

चालु आवको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन् । नवीकरण ११९, खारेजी पाँचवटा भएका छन् । वाणिज्य उद्योगतर्फ ११ दर्ता भएको प्रमुख न्यौपानेको भनाइ छ । पछिल्लो समयमा जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ ।

विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फका उद्योग रहेको कार्यालयले जनाएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।