बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव: आगामी बिहीबारदेखि वर्षा र हिमपातको उच्च सम्भावना

Oct 25, 2026 10:14 AM Merolagani



बङ्गालको खाडीमा सक्रिय बन्दै गएको नयाँ मौसमी प्रणालीका कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ सर्ने देखिएको यस प्रणालीले विशेष गरी देशका पूर्वी तथा मध्य क्षेत्रमा प्रभाव पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले यस मौसमी फेरबदलका कारण जनजीवन र कृषि क्षेत्र प्रभावित हुन सक्ने तर्फ सचेत गराएका छन्। उनका अनुसार यसै बेला धान काट्ने तथा भित्र्याउने तयारीमा रहेका किसानहरूको योजना प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने भएकाले मौसमको अवस्था हेरेर मात्र कदम चाल्न आग्रह गरिएको छ।

त्यसैगरी, दसैँ पर्व सकेर आफ्नो कार्यस्थल वा गन्तव्यतर्फ फर्किने यात्रुहरूलाई पनि शुक्रबार र शनिबारको यात्रा मौसमको पूर्वसूचना बुझेर मात्र तय गर्न सुझाइएको छ। विशेषगरी उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रामा जाने पर्यटकहरूले सम्भावित हिमपात र वर्षालाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ। मौसममा आउने यस फेरबदलको यकिन स्थिति बुझ्न विभागले नियमित रूपमा जारी गर्ने आधिकारिक बुलेटिनहरूको पालना गर्न अपिल गरिएको छ।




शेयर बजारबाट कसरी पैसा बनाउने?

Oct 23, 2026 05:47 PM

अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये पूँजी बजार मुख्य आकर्षणको क्षेत्र हो। आम लगानीकर्ताहरूले शेयर बजारलाई आम्दानीको बलियो स्रोतका रूपमा लिने गरेका छन्।