तिनाउ विकास बैंकको १८ प्रतिशत बोनस सेयर पारित, सिटी डिभलपमेन्टले २० प्रतिशत दिने (पूजी योजना सहित)

Oct 06, 2015 Mero Lagani



तिनाउ विकास बैंक (TNBL) ले आफ्ना लगानीकर्तालाई १८ प्रतिसत बोनस सेयर तथा ४ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यता सिटी डिभलपमेन्ट बैंक (CDBL) ले पनि पनि आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

 

तिनाउ विकास बैंकको सोमबार सम्पन्न नवौं वार्षिक साधारण सभाले लगानीकर्तालाई १८ प्रतिसत बोनस सेयर तथा ४ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

१८ करोड ५१ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकmले ३ करोड ३३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । बोनस सेयर वितरण पछि चुक्ता पूँजी २१ करोड ७८ लाख रुपैयाँ पुग्नेछ भने त्यसपछि हकप्रद जारी भएपछि बैंकको चुक्ता पूँजी २५ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकले त्यस्तै यो बोनस सेयरमा लाग्ने कर तिर्ने प्रयोजनका लागि ०.९४ प्रतिसत नगद लाभांस पनि पारित गरेको छ । साधारण सभाले संस्थापक शेयरधनीकातर्फबाट संचालक समितिमा जीवन प्रसाद ओझा, रामेश्वर प्रसाद कसजु, उज्वल प्रसाद कसजु र राजेन्द्र प्रसाद ओझालाई निर्विरोध निर्वा्चित गरेको छ । त्यस्तै साधारण सभा पछि बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद ओझालाई अध्यक्ष पदमा चयन गरेको जानकारी बैंकले दिएको छ ।

 

यता सिटी डिभलपमेन्ट बैंकको ११३ औ बोर्ड बैठकले १९.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०१३१ प्रतिशत नगद नगदलाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वकृति र सिटी डिभलपमेन्ट बैंकको आगामी साधारणसभा बाट पारीत भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । पोखरामा केन्द्रिय कार्यलय रहेको सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्सले एक आपसमा मर्ज गर्ने सम्झौता समेत गरिसकेका छन् ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।