पूँजी बजारमा सोमबार मात्रै थपियो ३९ लाख कित्ता शेयर

Feb 22, 2016 Mero Lagani



पूँजी बजारमा सोमबार करिब ३९ लाख २४ हजार कित्ता शेयर थपिएका छन् । विभिन्न तीन कम्पनीको हकप्रद र बोनश गरेर ३९ लाख २४ हजार ९ सय ४२ कित्ता शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा आइसीएफसी फाइनान्स र मिशन डेभलपमेन्ट बैंकको हकप्रद तथा विजनेश युनिभर्शल बैंकको बोनश शेयर थपिएको हो ।

आइसीएफसी फाइनान्सको २१ लाख ३४ हजार ८ सय ४५ कित्ता हकप्रद शेयर तथा विजनेश युनिभर्शलको १२ लाख १५ हजार ९७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यसैगरि मिशन डेभलपमेन्ट बैंकको ५ लाख ७५ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सिद्धार्थ बैंकसँग मर्जरको प्रक्रियमा रहेको विजनेश युनिभर्शल बैंकको कारोबार रोकिएको अवस्था छ । 

गत साता शेयरबजारमा विभिन्न पाँच कम्पनीका साधारण, हकप्रद र बोनश गरी एक करोड ८८ लाख ९९ हजार ७ सय ७७ कित्ता शेयर सूचीकृत भएका थिए ।

 

 

त्यस्तै नारायणी नेशनल फाइनान्सको ७ लाख २२ हजार १० कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ ।यो सँगै कम्पनीको शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत तथा साधारण शेयरधनीको ४९ प्रतिशत भएको छ ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ? बैशाखबाट २ अर्ब रुपैैयाको लागतमा ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण हुँदै

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।