पूँजी बजारमा सोमबार मात्रै थपियो ३९ लाख कित्ता शेयर

Feb 22, 2016 Mero Lagani



पूँजी बजारमा सोमबार करिब ३९ लाख २४ हजार कित्ता शेयर थपिएका छन् । विभिन्न तीन कम्पनीको हकप्रद र बोनश गरेर ३९ लाख २४ हजार ९ सय ४२ कित्ता शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा आइसीएफसी फाइनान्स र मिशन डेभलपमेन्ट बैंकको हकप्रद तथा विजनेश युनिभर्शल बैंकको बोनश शेयर थपिएको हो ।

आइसीएफसी फाइनान्सको २१ लाख ३४ हजार ८ सय ४५ कित्ता हकप्रद शेयर तथा विजनेश युनिभर्शलको १२ लाख १५ हजार ९७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यसैगरि मिशन डेभलपमेन्ट बैंकको ५ लाख ७५ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सिद्धार्थ बैंकसँग मर्जरको प्रक्रियमा रहेको विजनेश युनिभर्शल बैंकको कारोबार रोकिएको अवस्था छ । 

गत साता शेयरबजारमा विभिन्न पाँच कम्पनीका साधारण, हकप्रद र बोनश गरी एक करोड ८८ लाख ९९ हजार ७ सय ७७ कित्ता शेयर सूचीकृत भएका थिए ।

 

 

त्यस्तै नारायणी नेशनल फाइनान्सको ७ लाख २२ हजार १० कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ ।यो सँगै कम्पनीको शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत तथा साधारण शेयरधनीको ४९ प्रतिशत भएको छ ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ? बैशाखबाट २ अर्ब रुपैैयाको लागतमा ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण हुँदै

 

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।