खुद बीमाशुल्कसँगै बढ्यो सूर्या लाइफको खुद नाफा

Nov 11, 2020 08:07 AM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले १० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड २८ लाख १७ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ करोड ८७ लाख रुपैयाँ थियो। इन्स्योरेन्सको आम्दानीमा सामान्य सुधार भएसँगै खर्च घटेका कारण खुद नाफा बढेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ५७ करोड ९१ लाख रुपैयाँबाट बढेर ८३ करोड ६८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ८ करोड २४ लाख रुपैयाँबाट बढेर १७ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत ९५ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत इन्स्योरेन्सले २ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट हुने आय १३ करोड ७ लाख रुपैयाँबाट बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ।

२ अर्ब १५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ७६ करोड १ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८ अर्ब ७ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ११ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ हुँदा यी तीन कोषहरुमा क्रमशः ५२ करोड ९३ लाख रुपैयाँ, ५ अर्ब ६९ करोड १२ लाख रुपैयाँ र ९ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सले कुल २ हजार ७३ दाबीबापत १८ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १६४ दाबी बापतको २ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस वर्ष इन्स्योरेन्सले कुल ८५ करोड ४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सको हालसम्म कुल कायम रहेको बीमालेख संख्या २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा कायम भएको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३१.९२ गुणा कायम भएको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।