आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

Jul 06, 2022 03:31 PM Merolagani



नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बकर इदको अवसरमा बिदा दिएको हो ।

आइतबार एक सूचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदकालागि बिदा दिने निर्णय गरेको बताएको छ ।

बकर ईद असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध आएकाले आइतबार सो दिन बिदा कायम गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । 

सरकारकाे याे निर्णयसँगै सबै सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था त्यस दिन बन्द हुने भएकाे छ ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।