आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

Jul 06, 2022 03:31 PM Merolagani



नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बकर इदको अवसरमा बिदा दिएको हो ।

आइतबार एक सूचना जारी गर्दै सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदकालागि बिदा दिने निर्णय गरेको बताएको छ ।

बकर ईद असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध आएकाले आइतबार सो दिन बिदा कायम गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । 

सरकारकाे याे निर्णयसँगै सबै सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था त्यस दिन बन्द हुने भएकाे छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।