जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बाेनस वितरण गर्ने

Nov 06, 2022 10:17 AM Merolagani

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) ले गत आर्थिक वर्षसम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम शेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको कात्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ। ७३ प्रतिशतका दरले ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।