आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा

Nov 30, 2022 03:46 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था (ADLB) को शेयर कारोबार फुकुवा गरेको छ । लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न आग्रह गरेपछि नेप्सले आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएकाे छ । 

डिपोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता भएपछि आदर्श लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।