गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Mar 26, 2023 05:51 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेको छ। अघिल्लो साता १९३३.३० विन्दुमा बन्द भएको नेप्से, गत साता ०.९४ प्रतिशत अर्थात १८.१६ अंक घटेर १९१५.१४ विन्दुमा झरेको छ।

गत साता ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन मात्र बजार बढेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक साढे २२ अंक बढेको थियो।

 

सपोर्ट जोन नजिकै

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सपोर्ट जोन नजिकै बन्द भएको छ। सो दिन नेप्से सपोर्ट क्षेत्रमा सपोर्ट पाएर फर्किएको हो। हालको लागि नेप्सेको सपोर्ट जोन १८८० देखि १९१० को क्षेत्र रहेको छ। यस साता सो सपोर्ट जोनलाई तोडेर ओरालो लागेमा नेप्सेले १७८० देखि १८१० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बजार फर्किने सम्भावना

मेरोलगानी एआई चार्ट अनुसार, यस साता नेप्से परिसूचक १९६५ विन्दुभन्दा माथि बन्द भएमा बजार फर्किने सम्भावना रहेको देखिएको छ। सो विन्दुभन्दा माथि गएमा नेप्सेले १९९० देखि २०१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यस अघि पनि नेप्सेले सोही क्षेत्रमा प्रतिरोधको सामना गरेको थियो।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो। यसले साताको अन्तिम कारोबार दिन र साप्ताहिक रुपमा खरिदकर्तामाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब २८ करोडका शेयर कारोबार भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.५१ प्रतिशत कम हो। कमजोर भोल्यूमले लगानीकर्ताहरु बिक्री गर्न नचाहेको संकेत गर्दछ।

सकारात्मक क्षेत्रतर्फ जाँदै

गत साता एमएसिडीमा नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रतर्फ जाँदै गरेको देखिएको छ। त्यसैगरी, गत साताको अन्तिम कारोबार दिन, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी पनि घटेको छ। यस साता एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले बजार बढ्ने संकेत गर्दछ।

बिक्रीचाप बढी

स्टकास्टिक आरएसआईमा नेप्से अहिले ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।