गत साता करिब साढे ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jan 28, 2024 06:32 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ३ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २१५५.८२ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.३३ प्रतिशत अर्थात ७१.७३ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ।

गत साता पाँचै कारोबार दिन नेप्से घटेको थियो। अघिल्लो साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले गत साता भरी नै सोही क्रमलाई निरन्तरता दिएको हो।

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक झरेको छ। हालको लागि नेप्सेको टेवा क्षेत्र २०२० देखि २०६० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा यस साता नेप्सेले छोटो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। साताका अन्तिम दुई कारोबार दिन बनेको रातो मैनबत्तीले पनि बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक औषत भोल्यूम ५ अर्ब ५० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५.४५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।