गत साता ३ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Jul 07, 2024 06:01 AM Merolagani



गत साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको थियो। अघिल्लो साता २०५१.९१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.३० प्रतिशत अथाएत ६७.७८ अंक बडेर २११९.७० विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। गत साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्र नजिक

गत साता नेप्से बढेर पुनः प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २१५५ देखि २२१६ सम्म रहेको छ। नेप्सेले लामो समयदेखि सो क्षेत्रमा प्रतिरोधको सामना गर्दै आईरहेको छ। सो क्षेत्रमा प्रतिरोधको सामना गरी फर्किएमा नेप्सेले १९८० देखि २०३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो कारोबार दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। गत साताको बुधबार नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। जसले आगामी दिनमा नेप्से बढ्न सक्ने संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से बढेपनि गत साता भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ५५ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ६९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २.६९ प्रतिशत कम हो।

बुलिश क्रशओभर

गत साताको बुधबार, नेप्सेले बुलिश क्रशओभर बनाएको छ। सो दिन नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेको छ। यस्तो क्रशओभरले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा पुगेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।