नाफासँगै बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Aug 14, 2024 05:36 AM Merolagani



सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले (SPIL)  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.५२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८.१२ प्रतिशत र कुल आम्दानी ५१.३४ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेको छ भने कुल खर्च ५१.८६ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।