शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

Aug 15, 2025 12:42 PM Merolagani



शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको यस्तो नाफा ४४ करोड ५३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३१.९१ प्रतिशत बढेको छ भने कुल आम्दानी ११.७५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २१.९५ प्रतिशत र कुल खर्च १४.७२ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १५ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ।

२ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।