गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीको सञ्चालन आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण नोक्सानी घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७९.०८ प्रतिशत घटेको छ भने कुल नाफा ६९.९१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्मा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च २५ करोड ९५ लाख रुपैयाँबाट घटेर ७ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण नोक्सानी घट्न पुगेको हो।
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुप्ैयाँ ४५ पैसा रहेको छ।
