चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले सञ्चालनमार्फत ६६ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ करोड ८८ लाख रुपैयाँ थियो।
आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा रहेको छ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
