आम्दानीसँगै घट्यो युनिलिभर नेपालको नाफा

Nov 13, 2024 09:09 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.०४ प्रतिशत र अन्य आम्दानी ४.३० प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आम्दनी ३.०५ प्रतिशत घटेको छ भने कुल खर्च २.५१ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १११ रुपैयाँ १८ पैसा घटेर २ हजार २८८ रुपैयाँ ३८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २१.५२ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।