सर्वोत्तम सिमेन्टको नाफा ऋणात्मक

Nov 16, 2024 07:07 AM Merolagani



सर्वोत्तम सिमेन्ट (SARBTM) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा सो अवधिसम्ममा २ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ। ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।