सुनको मूल्य बढ्यो, चाँदीले गर्याे रेकर्ड ब्रेक

Jul 14, 2025 10:57 AM Merolagani



असार ३० गते, सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीकाे मूल्यले आईतबार कायम उचाईलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।