सुनको मूल्य स्थिर, ऐतिहासिक उचाईबाट घट्यो चाँदी

Jul 15, 2025 10:41 AM Merolagani



असार ३१ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन सुन सोमबारको बजारमा कायम मूल्यको आधारमा खरिद बिक्री भइरहेकाे छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम चाँदीको मूल्य हालसम्मकै उच्च हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।