भारतीय बजारमा लन्च भएको उक्त एसयूभीलाई कम्पनीले सुरुवाती मूल्य १३ लाख ६६ हजार भारतीय रुपैयाँमा सबै एक्स शोरुमहरुमा उपलव्ध गराएको जनाएको छ । सुरुवाती मूल्य भने अन्य गाडीको तुलनामा कम मूल्यमा उपलव्ध गराइएको कम्पनीले जनाएको छ । २०२६ जनवरी ५ मा लन्च भएको उक्त एसयूभी नयाँ डिजाइनमा बनाइएको छ ।

जसमा परिमार्जित डिजाइनका रुपमा हेडल्याम्पहरु,परिमार्जित फ्रन्ट ग्रिल र कनेक्टेड हेडल्याम्पहरु समावेश छन् । यो एसयूभीमा इन्जिन सेटअपलाई कायम राख्दै उल्लेखनीय रुपमा स्टायलिङ अपडेट तथा सुविधामा वृद्धि गरिएको छ ।
यस एसयूभीमा नयाँ डिजाइनमा एरो अप्टिमाइज गरिएको एलोय ह्वीलहरु पनि छन् यद्यपि, साइड प्रोफाइल भने अपरिवर्तीत हुने कम्पनीको दाबी छ ।
यो गाडीका धेरैजसो भित्री भागका अपग्रेडहरु नयाँ महिन्द्रा एक्सईभी ९ ई र ९ एस बाट प्रेरित रहेको कम्पनीको दाबी छ । यसमा प्रमुख आकर्षणको रुपमा एक ट्रिपल स्क्रिन सेटअप हो । जसमा १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १२.३ इन्चको ड्राइभर डिस्प्ले र अगाडीको यात्रुका लागि १२.३ इन्चको मनोरञ्जन स्क्रीन समावेश छ ।
त्यस्तै ५४० डिग्री सराउण्ड भ्यू क्यामेरा, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, भेन्टिलेडेट सिटहरुलगायतका थुप्रै सुविधाहरु समावेश छन् । यो एसयूभी लन्च भएसँगै कम्पनीको आधिकारीक बिक्रि केन्द्र तथा शोरुमहरुमा आकर्षक छुट सुविधा समेत समावेश गरिएको छ ।