नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु

Jan 11, 2026 06:33 AM Merolagani



महामन्त्रीद्वय गगन थाप र विश्व प्रकाश शर्माले आयोजना गरेको नेपाली कांग्रेसको विशेष महाधिवेशन आज (पुस २७ गते) आइतबारदेखि शुरु हुँदैछ।

पार्टी सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ नेतृत्व स्थापित गर्नको लागि दवाव दिइरहेका महामन्त्रीहरुको माग बमोजिम यही मंसिर भित्र हुनु पर्ने महाधिवेशन नगरि नेतृत्वको कार्यकाल केही महिना थपिएको थियो। त्यसबाट आक्रोसित भएका महामन्त्रीहरु सहितका इतर पक्षका नेताहरुले विशेष महाधिवेशनको आव्हान गरेका हुन्। विशेष महाधिवेशनबाट नेपाली कांग्रेस विभाजन हुन सक्ने आशंका भैरहेका बेला दुवै महामन्त्रीहरुले आफूहरुले ‘विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने’ दावी गर्दै आइरहेका छन्।

साथै उनीहरुले विशेष महाधिवेशनबाट पार्टीलाई वृहतरुपमा रुपान्तरण गर्ने एजेण्डा पारित गर्ने र त्यसबाट पार्टी एकता झन सुदृढ हुने दावि गरिरहेका छन् गत असोजमै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएको र पछिल्लो समयमा यही कित्तामा उभिनेहरुको संख्या बढिरहेकोले झण्डै २ तिहाई महाधिवेशन प्रतिनिधि सहभागि हुन सक्ने सम्भावना रहेको बताइएको छ ।।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।