एसईई नतिजा कसरी हेर्ने? बोर्डले दियो आधिकारिक सूची

May 10, 2026 11:03 AM Merolagani



राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको हो।

परीक्षार्थीहरूले मोबाइलबाट एसएमएस पठाएर वा फोनमार्फत पनि आफ्नो नतिजा हेर्न सक्नेछन्। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, यूएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, विस्तृत नतिजा तथा मार्कसिट इन्टरनेटमार्फत हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटहरूलाई अनुमति दिइएको बोर्डले जनाएको छ। आधिकारिक सरकारी वेबसाइट www.see.gov.npwww.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ। साथै नेपाल टेलिकम, कान्तिपुर, इडियु सञ्जाल, खल्ती लगायतका प्लेटफर्ममार्फत पनि नतिजा उपलब्ध गराइनेछ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न र कुनै भ्रममा नपर्न परीक्षार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।