प्रतिनिधिसभा बैठक आजः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने, अर्थमन्त्रीले जवाफ दिने

May 19, 2026 09:53 AM Merolagani



संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलले निरन्तरता पाउनेछ। छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

बैठका मुख्य कार्यसूचीहरूः

बजेटको सिद्धान्त र प्राथमिकतामा छलफलः आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने।

अर्थमन्त्रीको जवाफः छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूमाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिने।

पत्र पढेर सुनाइनेः सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।