प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

May 21, 2026 02:51 PM Merolagani



विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै विपक्षी दलका सांसदहरूले बैठकमा अवरोध गरेका थिए। अवरोधका कारण बैठक सञ्चालन गर्न कठिन भएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

विपक्षी दलले प्रधानमन्त्री संसदमा उपस्थित भएर समसामयिक विषयमा जवाफ दिनुपर्ने माग राख्दै आएका छन्।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।