प्रि ओपन सेसन अपडेटःसामान्य अंक बढ्यो नेप्से

Jun 01, 2026 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ४.९९ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२९ अंक बढेर २७८२.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०२ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ९६ स्टकको ३०३ पटकको कारोबारमा २ करोड २५ लाख ८२ हजार ८८२ रुपैयाँबराबरको ४८ हजार २८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी १९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।