सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

Jun 01, 2026 11:09 AM Merolagani



नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २ सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।