रास्वपा सभापति लामिछाने भारत प्रस्थान

Jun 01, 2026 01:14 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्यान्ह नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा छिन । सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उनको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।