अन्तिम उपभोक्तालाई मर्का नपर्ने गरी बिजुलीको महशुल समायोजन गर्न खोज्दैछौं–अर्थमन्त्री

Jun 01, 2026 01:44 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लले ५० युनिटभन्दा बढी बिजुली खपत तथा उपयोग गर्ने ग्राहकलाई ५ प्रतिशत कर लाग्ने व्यवस्था समायोजन गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

उनले विद्युतकाे उपभोगमा ५ प्रतिशत भ्याट अनिवार्य रुपमा लाग्ने र त्यसबाट अन्तिम उपभोक्तालाई मर्का नपर्ने गरी विद्युत् महशुल समायोजन गर्न सकिने बताए । ‘विद्युत् उपभोगमा ५ प्रतिशत कर त लाग्छ लाग्छ । तर, हामीले अन्तिम उपभोक्तालाई मर्का नपर्ने गरी विद्युत् महशुल घटाउन विद्युत् नियमन आयोगलाई सिफारीस गर्छौ ।’

‘हामीले विद्युत् नियमन आयोगलाई रिक्वेस्ट गर्छौ कि, मूल्य समायोजन गर्न सकिन्छ कि हेर भनेर । वर्षायाममा बिजुली फालाफाल हुन थालिसक्यो । ५० पैसा मात्र प्रतियुनिट मूल्य घटाइदियो भने पनि राम्रै भयो नि,’ उनले भने ।

अहिलेसम्म खर्बौखर्ब लगानी भएकाे क्षेत्र करको दायराभन्दा बाहिर रहन नसक्ने भएकाले यसपाली करको दायरामा ल्याइएको उनले बताए । ५ प्रतिशत कर लगाउँदा अन्तिम उपभोक्तालाई मर्का नपर्ने गरी मूल्य समायोजनका लागि विकल्प सोचिएको उनले बताए ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।