संसदमा तोडफोड भएकाे बिषयमा छानबिन गर्न जाँचबुझ समिति गठन

Jun 01, 2026 06:02 PM Merolagani



प्रतिनिधि सभाको आईतवारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ ।

सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए । उनकाअनुसार जाँचबुझ समितिमा सभाको व्यवस्थापन शाखा प्रमुख र प्रविधि शाखा प्रमुख समेत सदस्य रहेका छन्। प्रतिनिधि सभाको आईतवारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए ।

त्यस क्रममा नाराबाजी भएको थियो । त्यस क्रममा भएको थियो धकेलाधकेलमा केही मर्यादापालकका ब्याच हराएको, केही मर्यादापालकलाई सामान्य चोटसमेत लागेको बताइएको छ । उनले उक्त समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिँदै प्रतिवेदनको आधारमा थप प्रक्रिया अगाडि बढ्ने बताए ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।