भारतमा पहिलो पटक मौसम सम्बन्धी डेरिभेटिभ्स कारोबार शुरु, अब वर्षातको पनि धातुको जस्तै कारोबार हुने, नेपालमा कहिले ?

Jun 03, 2026 03:09 PM Merolagani



भारतले जुन १ तारिख अर्थात गत सोमबारदेखि मौसममा आधारित डेरिभेटिभ्स (Weather Derivatives) को औपचारिक कारोबार सुरु गरेको छ। 

यो भारतीय वित्तीय बजारका लागि एउटा ऐतिहासिक कदम मानिएको छ, किनभने अब वर्षा पनि सुन, तेल वा सेयरजस्तै व्यापारयोग्य जोखिम (tradable risk) बनेको छ।

 

भारतको National Commodity & Derivatives Exchange (NCDEX)  र पूँजी बजार सम्वन्धि भारतको नियामक निकाय भारतीय प्रतिभूती और विनिमय बोर्ड (सेवि)ले अनुमति दिएपछि RAINMUMBAI नामक कम्पनीले Weather Derivatives को सोमबारदेखि कारोबार शुरु गरेको हो । कतिपयले मौसम डेरिभेटिभ्सलाई कतिपयले Rainfall Futures वाMonsoon Futures पनि भन्ने गरेका छन् ।

कम्पनीले हालको लागि मुम्बईमा मनसुन अवधिभर परेको वर्षाको मात्रामा कारोबार गर्ने भएको छ । वर्षाको तथ्यांक भारतको मौसम विज्ञान विभाग (India Meteorological Department IMD) बाट लिइन्छ। कम्पनीले भारतको आर्थिक राजधानी, वर्षाका कारण यातायात, निर्माण, व्यापार र सेवाक्षेत्रमा ठूलो असर र भरपर्दो ऐतिहासिक मौसम तथ्यांक उपलब्धता रहेकोले यसको कारोबार मुम्बईबाट शुरु गरिएको र क्रमिकरुपमा भारतका अन्य शहरहरुमा पनि विस्तार गरिने उल्लेख गरेको छ । विशेषगरी कृषि, जलविद्युत तथा ऊर्जा, निर्माण कम्पनी, बैंक तथा बीमा कम्पनी, यातायात तथा पर्यटन क्षेत्रको साथै खुद्रा व्यापारीहरुले यो व्यापारबाट लाभ लिन सक्ने बताएको छ ।

Weather Derivatives कसरी काम गर्छ ?

यसको आधार Cumulative Deviation Rainfall (CDR) हो । सरल भाषामा मुम्बईको ३० वर्षको औसत वर्षा (Long Period Average – LPA) निर्धारण गरिन्छ । वास्तविक वर्षा त्यो औसतभन्दा बढी वा कम भएमा त्यसको अन्तरका आधारमा करारको मूल्य निर्धारण हुन्छ। करार नगद (cash-settled) रूपमा अन्त्य हुन्छ । वास्तविक पानी किनबेच हुँदैन।

 

उदाहरणको लागि यदि कुनै निर्माण कम्पनीलाई अत्यधिक वर्षाका कारण काम रोकिने डर छ भने उसले वर्षा बढ्ने पक्षमा करार किन्न सक्छ। यदि वास्तवमै धेरै वर्षा भयो भने निर्माणमा भएको नोक्सानीको केही क्षतिपूर्ति डेरिवेटिभ्सबाट प्राप्त लाभले पूर्ति गर्न सक्छ।

मूल्य निर्धारण कसरी हुन्छ ?
मानौं:
३० वर्षको औसत वर्षा (LPA) = २२०० मिमि
वास्तविक वर्षा  =१९०० मिमि
अन्तर = ३०० मिमि
यदि करारमा प्रति मिमि = १०० को मूल्य तोकिएको छ भने
३०० × १०० = ३०,०००
लगानीकर्ताले ३०,००० प्राप्त गर्न सक्छ।

स्मरण रहोस् Weather Derivatives पहिलो पटक १९९० को दशकमा अमेरिकामा विकसित भएका थिए। अहिले अमेरिका, युरोप र जापानमा तापक्रम, हिमपात, वर्षा तथा हावाको गतिमा आधारित करारहरूको कारोबार हुने गर्छ। दक्षिण एशियाली मुलुकहरुमध्ये अहिले पहिले पटक भारतले यस्को व्यवसाय शुरु गरेको हो । 




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।