विराटनगरमा नयाँ ओमोडा इ फाइव प्राे सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई विशेष छुट

Jun 03, 2026 05:33 PM Merolagani



पायोनियर मोटोकर्प प्रा. लि., विराटनगरमा ओमोडा एन्ड जेकोका आधिकारिक वितरकले आज विराटनगर बजारमा बहुप्रतीक्षित नयाँ ओमोडा इ फाइव प्राे (Omoda E5 Pro) आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

नेपालमा पहिलेदेखि नै १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा इ फाइव प्राेको उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ E5 Pro अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।

नेपालमा लन्च भएदेखि नै ओमोडा इ फाइव अाफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक SUV मध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा इ फाइव प्राेले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।

नयाँ Omoda E5 Pro मा ५०.७ kWh ब्याट्री प्याक, ९९ kW इलेक्ट्रिक मोटर र २८८ Nm टर्क रहेको छ, जसले ३५० किलोमिटर WLTP रेन्ज प्रदान गर्दछ। साथै, १९१ mm ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त छ। यसमा १८ इन्च अलोय ह्विलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थितिलाई अझ आकर्षक बनाउँछ।

बाहिरी डिजाइन Omoda को फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष Phantom Wing टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्दछ। भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।

यसमा ड्राइभर मसाज सिट, ८ Sony स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६ इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।

सुरक्षाका दृष्टिले, यसमा १९+ ADAS (Advanced Driver Assistance System) फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।

नयाँ ओमोडा इ फाइव प्राे को आधिकारिक मूल्य Single Tone भेरियन्टका लागि NPR ५१.५९ लाख तथा Dual Tone भेरियन्टका लागि NPR ५१.९९ लाख निर्धारण गरिएको छ। सार्वजनिक भएको अवसरमा पायोनियर मोटोकर्प प्रा. लि.ले पहिलो ५० ग्राहकहरूका लागि NPR ४९.९९ लाखको विशेष मूल्य र एक वर्षको निःशुल्क Auto Plus Insurance उपलब्ध गराउने घोषणा गरेको छ, जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गर्दछ।

नयाँ ओमोडा इ फाइव प्राे अब विराटनगरको आधिकारिक ओमोडा एन्ड जेको शोरूममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।

 

 



शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।