२८ वर्षपछि विश्वकपमा फर्किएको अस्ट्रियाकाे विजयी शुरूवात, जोर्डनले रच्यो ऐतिहासिक पहिलो गोलको इतिहास

Jun 17, 2026 12:09 PM Merolagani



फिफा विश्वकप २०२६ को समूह जे अन्तर्गत क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अस्ट्रियाले विश्वकपमा डेब्यु गरिरहेको जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

२८ वर्षपछि विश्वकपमा फर्किएको अस्ट्रियाका लागि यो जित महत्त्वपूर्ण रह्यो। पराजित भए पनि जोर्डनले विश्वकपको इतिहासमा आफ्नो पहिलो गोल दर्ता गर्दै ऐतिहासिक क्षण मनाएको छ।

खेलको २१औँ मिनेटमा अस्ट्रियाका रोमानो श्मिडले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे र टोलीलाई १–० को सुरुवाती अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै जोर्डनका अली ओल्वानले उत्कृष्ट काउन्टर अट्याकलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो गोल जोर्डनको विश्वकप इतिहासकै पहिलो गोल बन्न पुग्यो।

तर, खेलको ७५औँ मिनेटमा जोर्डनका डिफेन्डर याजान अबु अल अरबको आत्मघाती गोलका कारण अस्ट्रियाले पुनः २–१ को अग्रता लियो। खेलको इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई अनुभवी स्ट्राइकर मार्को अर्नाउटोभिचले गोलमा परिणत गर्दै अस्ट्रियाको ३–१ को जित सुनिश्चित गरे।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।