विश्वकप २०२६ः स्वीडेनको सानदार सुरुवात, ट्युनिसिया ५–१ गोलको फराकिलो अन्तरले पराजित

Jun 15, 2026 10:13 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत भएको खेलमा युरोपेली राष्ट्र स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको फराकिलो र सानदार जित हासिल गरेको छ।

मेक्सिकोको मोन्टेरे रङ्गशालामा भएको सो खेलमा स्वीडेनले पूर्ण रूपमा दबाब बनाउँदै महत्त्वपूर्ण ३ अङ्क जोडेको हो।

स्वीडेनको जितमा २२ वर्षीय युवा मिडफिल्डर यासिन अयारी नायक बने। उनले खेलको छैटौँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको इन्जुरी समय (९०५) मा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५–१ को स्थितिमा पुर्‍याए।

खेलको २९ औँ मिनेटमा स्टार स्ट्राइकर अलेक्जेन्डर इसाकले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाएका थिए। तर, पहिलो हाफ सकिनुअघि ४२ औँ मिनेटमा ट्युनिसियाका ओमार रेकिकले हेडिङमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर ट्युनिसियालाई खेलमा फर्काउने प्रयास गरे।
दोस्रो हाफमा स्वीडेनले पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा लियो। ५८ औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई ३–१ को अग्रता दिलाए। त्यसपछि ८३ औँ मिनेटमा मत्तियास स्वानबर्ग र ९५ औँ मिनेटमा पुनः अयारीले गोल गरेपछि स्वीडेनले फराकिलो जित पक्का गर्‍यो।

यसअघि समूह एफ को पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेलेका थिए। यस सानदार जितसँगै स्वीडेन ३ अङ्क बटुल्दै समूह एफ को शीर्ष स्थानमा उक्लिएको छ भने ट्युनिसिया पुछारमा रहेको छ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।