इक्वेडरलाई हराउँदै सह–आयोजक मेक्सिको विश्वकपको अन्तिम १६ मा

Jul 01, 2026 09:59 AM Merolagani



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत आज सम्पन्न खेलमा सह–आयोजक मेक्सिकोले इक्वेडरमाथि २–० को सानदार जित निकाल्दै अन्तिम १६ (राउन्ड अफ १६) मा आफ्नो स्थान सुरक्षित गरेको छ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्तेकामा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमै गरेको दुई गोल नै जितका लागि निर्णायक बन्यो। भारी वर्षा र चट्याङका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको यस खेलमा मेक्सिकोले सुरुदेखि नै आक्रामक रणनीति अपनाएको थियो।

खेलको २२औँ मिनेटमा मेक्सिकोका जुलियान क्विनोनेसले उत्कृष्ट गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाए। बायाँ विङ्ग्सबाट अघि बढाएको बललाई उनले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरेका थिए। पहिलो गोलको खुसीयाली सेलाउन नपाउँदै ३१औँ मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले मेक्सिकोको अग्रता दोब्बर बनाए। इक्वेडरका डिफेन्डर जोएल अर्डोनेजको क्लियरन्स गल्तीको फाइदा उठाउँदै जिमेनेजले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे।

दोस्रो हाफमा इक्वेडरले केही अवसर सिर्जना गरे तापनि मेक्सिकन गोलकिपर राउल रानगेलको उत्कृष्ट बचाउका कारण गोल गर्न सकेन। खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा विपक्षी खेलाडीसँगको विवादका क्रममा आचारसंहिता उल्लंघन गरेपछि इक्वेडरका डिफेन्डर पिएरो हिन्कापिएले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो।

शतप्रतिशत जितको लय कायम राखेको मेक्सिकोले अब क्वाटरफाइनल प्रवेशका लागि आगामी आइतबार सोही मैदानमा इङ्गल्याण्ड वा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमध्ये एक टोलीको सामना गर्नेछ। पराजित इक्वेडर भने प्रतियोगिताबाट बाहिरिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।