गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Jul 06, 2026 Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.१५ प्रतिशत अर्थात ३.८९ अंक बढेर २६५३.४० विन्दुमा बन्द भएको हो।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।

खरिदकर्ता सक्रिय

गत साता नेप्से परिसूचक २६०० विन्दुनजिक झरेको थियो। सो विन्दुमा पुगेर नेप्सेले बलियो ‘बटम’ बनाएर उक्लिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भए पनि अघिल्ला दिनहरुको तुलनामा नेप्से माथिल्लो तहमा नै अडिन खोज्नुले तल्लो विन्दुमा खरिदकर्ताहरु सक्रिय हुन थालेको संकेत गर्दछ।

टेवा तथा प्रतिरोध क्षेत्र

गत साता नेप्से परिसूचक १०० दिने, २५ दिने र ५० दिने मुभिङ्ग एभरेजभन्दा तल छ। बजार पूर्ण रुपमा बुलिश हुन २७२५ भन्दा माथि स्पष्ट रुपमा बन्द हुनु पर्दछ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, नेप्से ओरालो लागेमा २५५० देखि २६०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

एकुमुलेशनको अवस्था

साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा बढी रहेको छ। बजार तल्लो विन्दुबाट माथि उठ्न खोज्दा औषत भोल्यूमभन्दा बढी कारोबार हुनु प्राविधिक रुपमा सकारात्मक मानिन्छ। यसले तल्लो मूल्यमा एकुमुलेशन भइरहेको संकेत गर्दछ।

घट्दो बियरिश मोमेन्टम

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी साँघुरिएको छ। त्यस्तै, हिस्टोग्राम नकारात्मक क्षेत्रमा १.९८ मा खुम्चिएको छ। हिस्टोग्रामको उचाई छोटो हुँदै जानुले बजारमा बियरिश मोमेन्टमको प्रभाव घट्दै गएको र छिट्टै बुलिश क्रशओभर हुन सक्ने संकेत गर्दछ।

टेक्निकल बाउन्स सुरु

स्टकास्टिक आरएसआईमा गत साता एक्सट्रिम ओभरसोल्ड जोनमा रहेको नेप्से, यस साता बढेको छ। यसले यसअघि अनुमान गरिएको टेक्निकल बाउन्स बजारमा सुरु भइसकेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।