सुटकेसदेखि गहनासम्म: अमेरिकामा ‘हराएको सामान’ बेचेर करोडौँको व्यापार !

Aug 11, 2026 01:47 PM Merolagani



व्यापारिक क्षेत्रका टाइकुनहरु भन्छन्- व्यापार गर्न पैसा भन्दा महत्त्वपूर्ण कुरा सोंच हो, अर्थात् 'आइडिया' हो । 

र, त्यसलाई व्यवस्थित रुपमा लागू गर्ने योजना हो । अमेरिकामा बिशाल साम्राज्यको रुपमा फैलिरहेको ‘हराएको सामान’ को व्यापारलाई हेर्ने हो भने त्यो कुरा कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट हुन्छ ।

हवाईजहाजमा यात्रा गर्दा सुटकेस हरायो भने यात्रुका लागि त्यो तनाव र आर्थिक क्षतिको विषय हुन्छ । तर अमेरिकाको अलाबामा राज्यमा एउटा परिवारका लागि अरूको हराएको सुटकेस भने व्यवसायको अवसर बन्यो ।

अमेरिकाको सानो सहर Scottsboro मा रहेको Unclaimed Baggage नामको व्यवसायले यात्रुहरूले फिर्ता नलिएका वा एयरलाइन्सले अन्ततः दाबी नभएको सामानलाई खरिद गरेर पुनः बिक्री गर्छ। आज यो एउटा सामान्य thrift shop होइन, करिब ५० हजार वर्गफुटको retail destination र अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘lost luggage business’ बनेको छ। कम्पनीले आफ्नो पसलमा हरेक वर्ष करिब १० लाख मानिस आउने बताउँछ।

सबैभन्दा रोचक कुरा—यो व्यवसाय सुरु हुँदा मालिकसँग ठूलो पूँजी थिएन ।

Scottsboro का Doyle Owens बीमा व्यवसायमा थिए। उनका एक परिचितले Trailways बस कम्पनीसँग धेरै unclaimed luggage थुप्रिएको र त्यसको व्यवस्थापन गर्न समस्या भइरहेको बताए।

Owens ले त्यसमा व्यापारिक अवसर देखे। उनले ३०० डलर ऋण लिए, pickup truck उधारो लिए र Washington, D.C. पुगे। त्यहाँबाट उनले Trailways का १०० भन्दा बढी हराएका/दाबी नगरिएका सामान ल्याए। घरमा श्रीमती र छोराहरूको सहयोगमा सामान छुट्याए, सफा गरे र पुरानो भाडाको घरका टेबलमा राखेर बेच्न थाले।

पहिलो बिक्रीमै ग्राहकको भीड लाग्यो। व्यवसाय सफल भएपछि Owens ले आफ्नो बीमा जागिर छाडे र पूर्णरूपमा यही व्यापारमा लागे । ३०० डलरबाट सुरु भएको त्यो प्रयोग अहिले विश्वभर चर्चित ‘lost luggage retail business’  बनेको छ।

सुरुमा Owens ले बस कम्पनीबाट सामान खरिद गर्थे। तर सन् १९७८ मा Eastern Airlines सँग पहिलो airline contract पाएपछि व्यवसायको स्वरूप नै बदलियो।

त्यसपछि क्रमशः अन्य अमेरिकी एयरलाइन्ससँग पनि सम्बन्ध विस्तार भयो। अब समस्या केवल ‘हराएको सुटकेस’ थिएन। सामानभित्र के–के आउँछ भन्ने नै एउटा नयाँ आकर्षण बन्न थाल्यो। कपडा, जुत्ता, मोबाइल फोन, क्यामेरा, ल्यापटप, गहना, खेलकुदका सामान, किताब, घडीदेखि महँगासामानसम्म।

यहाँ एउटा महत्त्वपूर्ण कानुनी पक्ष छ। यात्रुको सामान हराएपछि एयरलाइन्सले त्यसलाई तुरुन्तै बेच्दैन।

अमेरिकाको Department of Transportation का अनुसार एयरलाइन्सले हराएको सामान पत्ता लगाउने प्रयास गर्नुपर्छ र सामान हराएको पुष्टि भएपछि यात्रुलाई क्षतिपूर्ति दिनुपर्छ। घरेलु उडानमा DOT नियमअनुसार airline liability को अधिकतम सीमा अहिले प्रति यात्रु सीमा करिब ४७०० डलर बराबर छ। 

अन्तर्राष्ट्रिय यात्रामा Montreal Convention अन्तर्गत हालको सीमा  २,१७५ डलर  बराबर छ।सामान फिर्ता नभएपछि भने एयरलाइन्सको आफ्नै प्रक्रिया हुन्छ।

अमेरिकामा सामान्यतया धेरै एयरलाइन्सले करिब ९० दिनसम्म दाबी गर्ने अवसर दिने र त्यसपछि बाँकी सामान बिक्री वा अन्य व्यवस्थापनतर्फ जाने अभ्यास रहेको छ।

यसैले Unclaimed Baggage ले यात्रुको सामान चोरेर बेच्ने होइन। कानुनी प्रक्रियाबाट एयरलाइन्स वा अन्य संस्थाबाट खरिद गरेको पुनः बिक्री गर्ने व्यापार मोडल हो।

‘गुमेको सामान’को विशाल गोदाम

आज Unclaimed Baggage मा हरेक दिन हजारौँ नयाँ वस्तु प्रवेश गर्छन्। विभिन्न रिपोर्टअनुसार कम्पनीमा दैनिक करिब ७,००० वस्तु थपिने उल्लेख छ। कम्पनीको २०२५ को रिपोर्टले यसको आकार कति ठूलो छ भन्ने स्पष्ट पार्छ।

त्यस वर्ष कम्पनीले फेला पारेका वस्तुमध्येः

२,०९,९८६ वटा पुरुषका T-shirt

१,२८,७२२ वटा पाइन्ट

५७,६२३ वटा गहना
५१,४४९ वटा मोबाइल फोन

४८,७३६ जोर जुत्ता

४०,४३३ वटा headphones भेटिएका थिए। 

२०२५ को कम्पनीको रिपोर्टअनुसार सबैभन्दा मूल्यवान् भेटिएका वस्तुमध्ये सेतो हिरा जडित इयरिंगको मूल्य ४३ हजार ४ सय डलर सम्म रहेको थियो।  यसको अर्थ के हो भने एउटा हराएको सुटकेस बेच्ने सानो व्यापार होइन। यो ठूलो व्यवसाय हो।

पसल मात्रै होइन, पर्यटकीय गन्तव्य

Scottsboro  करिब १६ हजार जनसंख्या भएको सानो अमेरिकी सहर हो।  तर Unclaimed Baggage ले यसलाई एउटा विशेष retail destination बनाइदिएको छ।

Boston Globe को २०२६ को रिपोर्टअनुसार पसलमा हरेक वर्ष करिब १० लाख मानिस आउने गर्छन्। यसको अर्थ सानो सहरमा एउटा retail business ले स्थानीय अर्थतन्त्रमा पर्यटनजस्तै प्रभाव पार्न सक्छ।

मानिसहरू सामान किन्न मात्र आउँदैनन्। उनीहरू ‘lost luggage’ को संसार हेर्न आउँछन्।

 

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।