नाडा अटो शोमा ग्लोबल आइएमई बैंकको धमाकाः ५.१७ प्रतिशत ब्याजदरमै अटो लोन

Aug 25, 2026 12:15 PM Merolagani



काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को अवसर पारेर ग्लोबल आइएमई बैंकले अत्यन्तै सस्तो ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले आफ्नो ‘ग्लोबल अटो लोन’ योजना अन्तर्गत ग्राहकहरूलाई वार्षिक ५.१७ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने भएको हो।

बैंकले यस अफरलाई ‘नाडा स्पेशल अफर’ को रूपमा मेला अवधिभरका लागि ल्याएको हो। प्रदर्शनीमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई छिटो र छरितो रूपमा वित्तीय सुविधा प्रदान गर्न बैंकले एक्स्पो स्थलमै आफ्नो छुट्टै स्टल राखेर सेवा दिइरहेको छ।

 

बैंकका अनुसार ५.१७ प्रतिशतको यस आकर्षक ब्याजदरमा न्यूनतम ०.५ प्रतिशत रिस्क प्रिमियम समेत समावेश गरिएको छ। हाल बजारमा उपलब्ध अन्य गाडी कर्जाहरूको तुलनामा यो ब्याजदर निकै प्रतिस्पर्धात्मक र सस्तो रहेको बैंकले जनाएको छ।

नाडा अटो शोमा विभिन्न ब्रान्डका सवारी साधनहरू सार्वजनिक भइरहेका बेला ग्लोबल आइएमई बैंकको यो सस्तो कर्जा योजनाले गाडी खरिद गर्न चाहने उपभोक्ताहरूलाई थप उत्साहित बनाएको छ। मेलामा सहभागी हुने ग्राहकले बैंकको स्टलमा गएर कर्जा सम्बन्धी विस्तृत जानकारी लिन र प्रक्रिया अगाडि बढाउन सक्नेछन्।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।