बैंकले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।
२ अर्ब २४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको बोनस शेयर पश्चात चुक्ता पूँजी करिब २ अर्ब ८० करोड रुपैंया पुग्नेछ । राष्ट्र बैंकको नीति अनुसार समानुपातिक रुपमा पूँजीवृद्धि गर्दा चालु आर्थिक बर्ष्भित्र वाणिज्य बैंकहरुले चार अर्ब चुक्ता पूँजी पूर्याउने पर्ने हुन्छ तर स्ट्याण्डर्ड चार्टर्डको यो प्रस्तावले पनि राष्ट्र बैंकको नीतिलाई चुनौति नै दिएको छ ।

नगद लाभांश बाड्न नपाउने राष्ट्र बैंकको नीति विपरीत स्ट्याण्डर्ड चार्टर्डले यसअधि २७ प्रतिशत नगद लाभाश वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले लाभाशं पुनारावोलकन गर्न निर्देशन दिएपछि बोनश शेयर बढाएर नगद लाभाशं घटाएको हो । अझै पनि बैंकको यो प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति दिनेमा भने आशंका गर्ने ठाउ देखिन्छ ।
आगामी दुईबर्षभित्र आठ अर्ब चुक्तापूँजी पुर्याउने स्पष्ट योजना सहित लाभांश प्रस्ताव नगरेपछि बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुन ढिलाई भएपछि बैंक साधारणसभा स्थगित गर्न बाध्य भएको थियो । बैंकले गत माघ २७ मा साधारणसभा बोलाएको थियो ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा ३ करोडले कम हो ।
अचानक किन स्थगित भयो स्ट्याण्डर्ड चार्टर्डको साधारणसभा ?
स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा यस्तो आयो गिरावट
लगानीकर्ताको आशालाई जिल खुवाउँदै आयो स्ट्याण्डर्ड चार्टर्डको लाभांस प्रस्ताव, १५ प्रतिशत बोनससहित ४२ प्रतिशत लाभांश बाड्ने
लौ हेर्नुस् तपाईले लगानी गरेको बैंकले कति कमायो ? मख्ख नपर्नुस्, ३० बैंकको नाफा ३० करोडले मात्रै बढ्यो, यस्तो छ आँकडा
...............................................................................................................................................................मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ? बैशाखबाट २ अर्ब रुपैैयाको लागतमा ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण हुँदै
.................................................................................................................................................................