लगानीकर्ताको आशालाई जिल खुवाउँदै आयो स्ट्याण्डर्ड चार्टर्डको लाभांस प्रस्ताव, १५ प्रतिशत बोनससहित ४२ प्रतिशत लाभांश बाड्ने

Dec 07, 2015 Mero Lagani



बिदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको ३३७ औ बोर्ड बैठकले १५ प्रतिशत बोनस सेयर तथा २७.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

२ अर्ब २४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको बोनस शेयर पश्चात चुक्ता पूँजी करिब २ अर्ब ५८ करोड रुपैंया पुग्नेछ ।

नगद लाभांश बाड्न नपाउने राष्ट्र बैंकको नीति विपरीत स्ट्याण्डर्ड चार्टर्डले नगद लाभांश समेत प्रस्ताव गरेको छ । राष्ट्र बैंकको नीति अनुसार समानुपातिक रुपमा पूँजीवृद्धि गर्दा चालु आर्थिक बर्षभित्र वाणिज्य बैंकहरुले चार अर्ब चुक्ता पूँजी पूर्याउने पर्ने हुन्छ तर स्ट्याण्डर्ड चार्टर्डको यो प्रस्तावले राष्ट्र बैंकको नीतिलाई नै चुनौति दिएको छ ।

पुँजी बृद्धिको नीति आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले दुई पटक गभर्नर डा. चिरञ्जिबी नेपालसहित केन्द्रीय बैंकका उच्च अधिकारीहरुलाई भेटेर जगेडा कोषलाई समेत चुक्तापुँजी वृद्धि गर्दा समावेश गर्न आग्रह गरेका थिए । तर यो बैंकले राष्ट्र बैंकमा पूँजीवृद्धिको योजना बुझाएको भनेपनि औपचारीक रुपमा सार्वजनिक भने गरेको छैन् ।

यो बैंक पनि विदेशी साझेदारीमा संञ्चालनमा रहेकाले विदेशी साझेदारले जे भने त्यही अनुरुप अगाडि बढ्ने हुँदा राष्ट्र बैंकले समेत दबाब खेप्न नसकेको देखिन्छ । यसअघि पनि विदेशी साझेदार रहेकै एभरेष्ट्र बैंकले पनि राष्ट्र बैंकलाई चुनौति दिदै लाभांश प्रस्ताव गरेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । जुन अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा ४५ करोडले कम हो । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको यसअवधिमा प्रतिशेयर आम्दानी ६१.४३ पैसा, खराबकर्जा ०.३८ प्रतिशत, कर्जा निक्षेपको रेसियो ५९ प्र्र्रतिशत, क्यापिटल एडेक्वसी झण्डै १६ प्रतिशत रहको छ ।

स्टान्डर्ड चार्टर्डको पनि खुम्चियो खुद नाफा, कुमारीको भने बढोत्तरी

के स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्ट्यान्डर्ड घटेकै हो त ?

स्टान्डर्ड चार्टर्ड नाम मात्रै ठूलो, कमाईमा किन सुस्त ?

कमाईमा स्टान्डर्ड चाटर्ड भयो सुस्त, सिद्धार्थको ४१ र निर्धन उत्थानको ८८ प्रतिशत बढोत्तरी कसरी ?

स्टान्डर्ड चार्टर्डको पनि नगद लाभांशमै जोड, १० प्रतिशत बोनस र ४१ प्रतिशत नगद , फेवाले ३० प्रतिशत लाभांश दिने 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।