अचानक किन स्थगित भयो स्ट्याण्डर्ड चार्टर्डको साधारणसभा ?

Dec 29, 2015 Mero Lagani



स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड नेपाल (SCB) ले आगामी माघ २७ गतेका लागि आह्वान गरेको २९ औ बार्षिक साधारणसभा अचानक स्थगित गरेको छ । बैंकको सोमबार बसेको ३३९ औ बोर्ड बैठकले अर्को निर्णय नभएसम्मका लागि साधारणसभा स्थगित गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । साधारणसभा स्थगित गर्नुको मुख्य कारणबारे बैंकले औपचारिक रुपमा केही बताएको छैन् ।

बैंकको ३३८ औ बोर्ड बैठकले आगामी माघ २७ गते २९ औ बार्षिक साधारणसभा राख्ने निर्णय गरेको थियो ।साथै बैंकले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा २७.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । गत आर्थिक बर्षमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

७५ प्रतिशत विदेशी लगानीरहैको बैंकको २ अर्ब २४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । आगामी दुईबर्षभित्र आठ अर्ब चुक्तापूँजी पुर्याउने स्पष्ट्र योजना सहित लाभांश प्रस्ताव नगरेपछि बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुन ढिलाई भएपछि बैंक साधारणसभा स्थगित गर्न बाध्य भएको हो ।

बैंकका एक अधिकारीका अनुसार राष्ट्र बैंकबाट लाभांश स्वीकृतिमा ढिलाई भएपछि यसअधि तोकेको मिति अर्थात माघ २७ मा साधारणसभा गर्न नभ्याउने भएपछि साधारणसभा स्थगित गरिएको हो ।

राष्ट्र बैंकको नीति अनुसार समानुपातिक रुपमा पूँजीवृद्धि गर्दा चालु आर्थिक बर्षभित्र  वाणिज्य बैंकहरुले चार अर्ब चुक्ता पूँजी पूर्याउने पर्ने हुन्छ तर स्ट्याण्डर्ड चार्टर्डको प्रस्ताव राष्ट्र बैंकको नीतिलाई चुनौति दिने खालको भएपछि लाभांश स्वीकृतिमा ढिलाई गरेको बुझिएको छ ।

 

बैंकले राष्ट्र बैंकमा बुझाएको योजनामा समानुपाति नभई आवश्यकता अनुसार एकै पटक पुँजी बृद्धि गर्न सकिने उल्लेख गरेको छ । बार्षिक रुपमा आवश्यक पर्ने पुँजी मात्र बढाउने र राष्ट्र बैंकलाई सहमत गराउन नसके अन्तिम बर्ष आठ अर्ब पुँजी पुर्याउने बैंकको योजना छ ।

दुई बर्षभित्र चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने केन्द्रीय बैंकको नीति अनुसार पुँजी बृद्धि योजना तयार पार्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले साविकभन्दा तीन महिना ढिला गरेको  थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सकभर नगद लाभांशको प्रस्ताव नल्याउन आग्रह गरेको भएपनि विदेशी साझेदारीका बैंकहरुप्रति भने केहि लचक देखिएको थियो ।

बैंकसँग दुई अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी छ । बैंकको जगेडा कोष दुई अर्ब ८४ करोड रुपैयाँको छ । प्रस्तावित बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी करिब दुई अर्ब ५८ करोड रुपैयाँ पुग्छ । 

 

लगानीकर्ताको आशालाई जिल खुवाउँदै आयो स्ट्याण्डर्ड चार्टर्डको लाभांस प्रस्ताव, १५ प्रतिशत बोनससहित ४२ प्रतिशत लाभांश बाड्ने

स्टान्डर्ड चार्टर्डको पनि खुम्चियो खुद नाफा, कुमारीको भने बढोत्तरी

के स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्ट्यान्डर्ड घटेकै हो त ?

स्टान्डर्ड चार्टर्ड नाम मात्रै ठूलो, कमाईमा किन सुस्त ?

कमाईमा स्टान्डर्ड चाटर्ड भयो सुस्त, सिद्धार्थको ४१ र निर्धन उत्थानको ८८ प्रतिशत बढोत्तरी कसरी ?

स्टान्डर्ड चार्टर्डको पनि नगद लाभांशमै जोड, १० प्रतिशत बोनस र ४१ प्रतिशत नगद , फेवाले ३० प्रतिशत लाभांश दिने 

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।