मेरो माइक्रोफाइनान्सको शेयर कारोबार अर्को सातादेखि हुने,कतिमा खुल्ला पहिलो कारोबार ?

Jun 28, 2016 merolagani



मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (MMBSL) को अर्को साताबाट नेप्सेमा कारोबार खुल्ने भएको छ । सोमबार माइक्रोफाइनान्सले २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गर्ने सम्झौता गरेको छ । कम्पनीले प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर सूचीकरण गरेको हो ।

कम्पनीले ५ लाख ५६ हजार ९२० कित्ता सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई २४ हजार ४ सय ८० कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ३० हजार कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३ लाख ८८ हजार कित्ता समेत गरी २० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गरेको हो । कम्पनीले गत फागुनमा ६ लाख १२ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ वमोजिम सम्बन्धित कम्पनी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बिच शेयर सूचीकरण हुनुपर्ने र सो को सार्वजनिक सूचना प्रकाशित मितिले ७ दिन पश्चात् विधिवत रुपमा नेपाल स्टक एक्सचेन्ज लि. बाट शेयर ईजाजत प्राप्त सदस्य दलालहरू मार्फत नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार हुने व्यवस्था छ।

तर अहिले शेयरबजारमा अभौतिक शेयरको मात्र कारोबार हुने भएकाले न्यूनतम् दश प्रतिशत शेयर डिम्याट भएको अवस्थामा मात्र अर्को सातादेखि कारोबार खुल्ने छ । कम्पनीको शेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटलका अनुसार अहिले शेयर डिम्याट गर्ने काम धमाधम भईरहेको छ । क्यापिटलले शेयर डिम्याट नगराएका लगानीकर्तालाई शेयर डिम्याट गराउन आग्रह समेत गरेको छ । 

अहिलो दोस्रो बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य आकासिएको बेला मेरो माइक्रोफाइनान्सको कारोबार कतिमा खुल्ला लगानीकर्तामा चासोको बिषय बनेको छ । अहिले शेयर बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य प्रतिकित्ता ९ सय रुपैयाँदेखि चार हजार रुपैयाँ सम्ममा कारोबार भईरहेको छ । मेरो माइक्रो फाइनान्सको दोस्रो बजारमा प्रतिकित्ता ४५० रुपैयाँ हाराहारीमा कारोबार खुल्ने सम्भावना छ ।

ग्लोबल आइएमई बैंकको मुख्य लगानी रहेको माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । साधारण शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २० करोड रुपैंया पुगेको छ ।

शेयर निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ६९.४० तथा सर्वसाधारणको ३०.६० प्रतिशत भएको छ । माइक्रो फाइनान्सले चैत मसान्तसम्ममा ५ करोड ५३ लाख २९ हजार रुपैंया खुद नाफा कमाएको छ ।

यस कम्पनीको शेयर सूचीकरणपश्चात नेपाल स्टक एक्सचेन्ज लि. मा विकास बैंक समूह अन्र्तगत सूचीकृत कम्पनीहरूको संख्या ९७ र कुल सूचीकृत कम्पनीहरूको संख्या २३१ पुगेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।