राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक ५० हजार घुससहित पक्राउ

Apr 23, 2018 RSS



सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीश प्रसाद काफ्ले पक्राउ परेका छन् । 

सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले काफ्लेलाई ५० हजार रुपैयाँ सहित रङ्गेहात पक्राउ गरेकाे हाे ।

युवा स्वरोजगार कार्यक्रममार्फत बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई  सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराए बापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

१० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।