नागढुंगाबाट ६ किलो सुनसहित एक पक्राउ

Jul 02, 2018 RSS



महानगरीय प्रहरी परिसर काठमाडौंले ६ किलो सुनसहित आईतबार बेलुका नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा पक्राउ गरेकाे हाे ।

मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा अाइतबार बेलुका ७ बजे पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएकाे छ  ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताए ।

प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।